मेयरसहित चन्द्रागिरिका ५६ जना जनप्रतिनिधिले दिए पदबाट राजीनामा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाका मेयरसहित ५६ जना जनप्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । ३० वैशाखका लागि तय भएको स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवारी दिने गरी जनप्रतिनिधिहरूले राजीनामा दिएको बुझिएको छ । चन्द्रागिरि नगरमा नगरप्रमुख र उपप्रमुखसहित ७७ जना जनप्रतिनिधिहरू रहेका छन् ।

चन्द्रागिरि नगरपालिका प्रशासन विभागमा कार्यरत कर्मचारी सिताकुमारी कार्कीले थानकोट टाइम्सलाई दिएको जानकारी अनुसार आइतबार साँझसम्म चन्द्रागिरि नगरपालिकाका वडा नं. ४ र ६ का सबै जनप्रतिनिधिहरूले राजीनामा पेश गरेका छन् भने अन्य वडाका अधिकांश जनप्रतिनिधिले पनि राजीनामा पेश गरेका छन् । नगरका अधिकांश वडाध्यक्षहरूले पनि राजीनामा पेश गरेको बताइएको छ । चन्द्रागिरि वडा नं. १, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १३ र १४ का वडाध्यक्षहरूले राजीनामा पेश गरेको बताइएको छ ।

चन्द्रागिरि नगरपालिकाकी कर्मचारी सिता कुमारी कार्कीलाई राजीनामापत्र बुझाउँदै वडा नं. १ का वडाध्यक्ष राजेन्द्र के.सी.

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन-२०७९ का लागि जारी गरेको निर्वाचन आचारसंहिताको दफा ३६ मा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदानप्राप्त संस्थामा सुविधा प्राप्त गर्नेगरी बहाल रहेको निर्वाचित वा मनोनीत पदाधिकारीले उम्मेदवारको मनोनयन दर्ता गर्नुअगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्ने प्रावधान छ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने सोमबार अन्तिम दिन हो ।

स्थानीय निर्वाचनः चन्द्रागिरिमा ५ जनाले दर्ता गराए मेयरमा उम्मेदवारी 

नगरप्रमुख घनश्याम गिरीले पदबाट राजीनामा दिए

📢  थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्दा अनिवार्य रूपमा श्रोत खुलाउन पर्नेछ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *