निर्वाचन आयुक्तद्वारा चन्द्रागिरि निर्वाचन अधिकृतको कार्यालय निरीक्षण

Thankot Times

थानकोट।

स्थानीय तह सदस्य निर्वाचन मनोनयन दर्ताको दोस्रो दिन निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले सोमबार चन्द्रागिरि नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण गर्नुभएको छ ।

निर्वाचन अधिकृत सिर्जना थपलियाकाअनुसार चन्द्रागिरि नगरपालिकाको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको हो । आयुक्त डा. तुलाधरले निर्वाचन अधिकृतको कार्यालय, मनोनयनदर्ताको लागि गरिएको तयारीबारे जानकारी लिनुभएको गोरखापत्र अनलाइनमा खबर छ। । सोहीअनुसार उहाँले मतदानपछि हुने मतगणनाका लागि तय गरिएको स्थानको समेत निरीक्षण गर्नुभएको थपलियाले जानकारी गराउनुभयो ।

सो अवसरमा आयुक्त डा. तुलाधरले उम्मेदवारी दर्ता गर्ने क्रममा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा महिलालाई प्राथमिकतामा राखेर मनोनयन दर्ताको व्यवस्था मिलाउन निर्देशन दिनुभएको निर्वाचन अधिकृत थपलियाले जानकारी गराउनुभयो । मनोनयन दर्ता प्रक्रियालाई सहज र चुस्त बनाउन भूमिका खेल्न उहाँले निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको  थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *