चन्द्रागिरि नगरपालिकामा खुल्यो नबिल बैंक शाखा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा नबिल बैंकको शाखा कार्यालय खुलेको छ । विहीबार चन्द्रागिरि ०१ दहचोकमा सो बैंकको १४८औं शाखा खुलेको हो ।

नीजि क्षेत्रद्वारा सञ्चालित नेपालको सबैभन्दा पुरानो बैंकको शाखा कार्यालय उद्घाटनमा चन्द्रागिरि नगरपालिकाका प्रशाकीय अधिकृत निरज पाैडेल, पूर्व नगरप्रमुख घनश्याम गिरी लगायतको उपस्थिति रहेको थियो ।

चन्द्रागिरी नगरपालिकाका प्रशासकीय अधिकृत निरज पौडेल र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले संयुक्त रुपमा विहीबार आयोजित कार्यक्रममा बैंकको शाखा शुभारम्भ गरेका हुन । विहीबार एकैदिन नबिल बैंकको देशभर १४ वटा शाखा खुलेका छन् ।

यो सँगै बैंकको एटिएम सेवा १ सय ८७ पुगेको छ । वि.सं २०४१ असार १२ गते स्थापना भएको सो बैंकले यस वर्ष १ सय ५४ शाखा पुर्‍याउने लक्ष्य राखेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *