नेपालमा २२१ जना कोरोनाका सक्रिय संक्रमित

Thankot Times

थानकोट ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५०८ जनाको पीसीआर परीक्षणमा १२ जना र ७१४ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २७ जना निको भएका छन् भने हाल देशभर २२१ जना सक्रिय संक्रमित रहेका छन् ।

जसमध्‍ये २१५ होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयू छन् ।

आइतबार २० जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९०० पुगेको छ ।

नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ६२९ जना संक्रमणमुक्त भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *