चन्द्रागिरि ८ को १०० मत गणना हुँदा रूख चिन्हमा ५६ मत सूर्यमा २०

Thankot Times

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १, २, ३, ४ र ५ को मतगणना सकिएको छ ।

अहिले चन्द्रागिरि ६, ७ र ८ काे मतगणना जारी छ ।

चन्द्रागिरि ८ मा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता बनाइरहँदा नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । १०० मत गणना हुँदा वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले ५६ मत पाउँदा नेकपा एमालेका उम्मेदवारले  २० मत पाएका छन् । यस वडामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच गठबन्धन बनेको छ ।

२९०० मत खसेको चन्द्रागिरि ८ को नेतृत्व लिन २ स्वतन्त्र सहित ६ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए ।

पहिलो १०० मत गणना हुँदा चन्द्रागिरि ८ बाट मेयर पदका लागि रूख चिन्हमा ५४ तथा सूर्य चिन्हमा २४ मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *