चन्द्रागिरि ८ मा काँग्रेस अघिअघि एमाले पछिपछि, २१०० मत गणना बाँकी

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १ देखी ६ को मतगणना सकिएको छ ।

अहिले चन्द्रागिरि ७, ८ र ९ काे मतगणना जारी छ ।

चन्द्रागिरि ८ मा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता बनाइरहँदा नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । पछिल्लो मत गणनाको विवरण अनुसार ८०० मत गणना हुँदा यस वडाको वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले ३७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवारले ३१२ मत पाएका छन् ।

यस वडामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच गठबन्धन बनेको छ ।

२९०० मत खसेको चन्द्रागिरि ८ को नेतृत्व लिन २ स्वतन्त्र सहित ६ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए ।

हालसम्म चन्द्रागिरि ८ बाट मेयर पदका लागि रूख चिन्हमा ३६० तथा सूर्य चिन्हमा ३४० मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *