चन्द्रागिरि ८ मा एमालेको अग्रता, गणना गर्न बाँकी मत २०००
थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १ देखी ६ को मतगणना सकिएको छ ।
अहिले चन्द्रागिरि ७, ८ र ९ काे मतगणना जारी छ ।
चन्द्रागिरि ८ मा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता बनाइरहँदा नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । पछिल्लो मत गणनाको विवरण अनुसार ९०० मत गणना हुँदा यस वडाको वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले ४२० मत पाउँदा नेकपा एमालेका उम्मेदवारले ४५१ मत पाएका छन् ।
यस वडामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच गठबन्धन बनेको छ ।
२९०० मत खसेको चन्द्रागिरि ८ को नेतृत्व लिन २ स्वतन्त्र सहित ६ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए ।
हालसम्म चन्द्रागिरि ८ बाट मेयर पदका लागि रूख चिन्हमा ४११ तथा सूर्य चिन्हमा ४७९ मत परेको छ ।