चन्द्रागिरि ११ को मतगणना जारी, ६०० मत गणना हुँदा वडाध्यक्षमा रूखको ३६७, सूर्यको १८५ मत

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।

चन्द्रागिरि नगरका वडा नं. १ देखी  ९ सम्मको मतगणना सकिएको छ । अहिले चन्द्रागिरि १० र ११ काे मतगणना जारी छ ।

१२४८ मत खसेको चन्द्रागिरि ११ मा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ ।

चन्द्रागिरि ११ सतुङ्गलको वडाध्यक्षमा रूख चुनाव चिन्हका उम्मेदवारले ३६७ मत पाएका छन् भने सूर्य चुनाव चिन्हका उम्मेदवारले १८५ मत पाएका छन् ।

मेयरतर्फ रूख चिन्हमा ३२७ मत पर्दा सूर्य चिन्हमा २१३ मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *