चन्द्रागिरि १२ मा नेकपा एमालेको अग्रता

Thankot Times

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।

चन्द्रागिरि नगरका वडा नं. १ देखी ११ सम्मको मतगणना सकिएको छ । चन्द्रागिरि १२, १३, १४ को मत गणना जारी रहँदा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। ३५५३ मत खसेको चन्द्रागिरि १२ मा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो विवरण अनुसार यस वडाको १७०० मत गणना भएको छ ।

चन्द्रागिरि १२ बलम्बुको वडाध्यक्षमा रूख चुनाव चिन्हका उम्मेदवारले ५५२ मत पाएका छन् भने सूर्य चुनाव चिन्हका उम्मेदवारले ६३८ मत पाएका छन् । नेमकिपाको मादल चुनाव चिन्हका उम्मेदवारले ३४५ मत प्राप्त गरेका छन् ।

मेयरतर्फ रूख चिन्हमा ६२८ मत पर्दा सूर्य चिन्हमा ५९४ मत गरेको छ भने ९१ मत बदर भएको छ । उपमेयर तर्फ सूर्य चुनाव चिन्हमा ६१७ मत पर्दा उपमयेयरको ३९९ मत बदर भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *