सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम पूरा गर्ने

Thankot Times

थानकोट ।

सरकारले चितवनको रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम पूरा गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य मार्फत धुर्मुसले अलपत्र छाडेको रङ्गशालाको काम पूरा गर्ने जनाएका हुन् ।

हास्य कलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले धुर्मुस सुन्तली फाउण्डेशन गठन गरी त्यसैका नाममा निर्माण सुरु गरेको उक्त रङ्गशाला बजेट अभाव भएको भन्दै निर्माण कार्य रोकिएको थियो । बजेटमा प्रदेश र स्थानीय तहको साझेदारीमा रङ्गशालाको काम अघि बढाउने उल्लेख छ ।

३ अर्ब ५५ करोड लागत अनुमान गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ३५ प्रतिशत काम सकिएको छ । धुर्मुसका अनुसार ५४ करोड रूपैयाँ खर्च नै भैसकेको छ भने उनको ऋण नै १६ करोड पुगेको छ । सरकारले रंगशाला बनाउने भने पनि धुर्मुसको ऋण तिर्ने विषयमा भने केही उल्लेख गरेको छैन् । रंगशालाको काम स्थानीय तहसँग समन्वय गरेर अघि बढाउने भनिएकाले १६ करोड रूपैयाँ धुर्मुस सुन्तली फाउण्डेसनलाई दिएर बाँकी काम अघि बढाउन लगाउने बुझिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *