यू-१९ विश्वकप एसिया छनोट: नेपालको विजयी सुरुवात

Thankot Times

थानकोट ।

आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार बिहान मलेसियामा भएको खेलमा नेपालले कतारमाथि ७९ रनको जित निकालेको हो ।

नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारले १५.४ बलमा ३८ रनमात्र बनाउन सक्यो । बलिङतर्फ श्रृष्टि जैसीले ३ विकेट लिइन् । स्नेहा महरा, कृतिका मरासिनी र अनु कडायतले २–२ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा ११७ रन बनाएको थियो । आशा पुलामी मगर ३२ र श्रृष्टि जैसी २३ रनमा अविजित रहे । सानु राजवंशीले २१ र अन्जली विश्वकर्माले ११ रन जोडे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *