यू–१९ महिला टि-ट्वान्टी विश्वकप एसिया छनोट: नेपालको लज्जास्पद हार, नेपाल आठ रनमै अलआउट

Thankot Times

थानकोट ।

मलेसियामा जारी आइसिसी यू–१९ महिला टि-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल संयुक्त अरब इमिरेटस (युएई)सँग पराजित भएको छ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो।

नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो।

युएईको जितमा थिर्था सतिशले अविजित ४ रन जोडिन् भने लाभन्या केनी ३ रनमा अविजित रहिन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८ रन मात्रै बनाउन सफल भयो।

इतिहासकै खराब प्रदर्शन गरेको नेपालका लागि स्नेहा महराले ३ तथा मनिष रानाले अविजित २ रन जोडिन्। किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १-१ रन जोडिन्।

युएईकी महिका गौरले ५ विकेट लिइन् भने इन्धुजा नन्दकुमारले ३ विकेट हात पारिन्। छनोटमा नेपालको यो पहिलो हार हो। शुक्रबार भएको खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो। यता युएईको भने यो लगातार दोस्रो जित हो।

पहिलो खेलमा युएईले भुटानलाई १६० रनले हराएको थियो।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार छन्। नेपालले तेस्रो खेल सोमबार भुटानसँग खेल्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *