यू १९ विश्वकप छनोटः थाइल्याण्ड विरूद्ध नेपाली किशोरीहरू निरिह

Thankot Times

थानकोट ।

मलेसियामा जारी आइसिसी यू–१९ महिला टि२० विश्वकप छनोटमा थाईल्यान्डविरूद्धको खेलमा नेपाल पराजित भएको छ । नेपाल ४९ रन पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

युकेएम एसडी क्रिकेट ओभल बांगीमा टस हारेर पहिला ब्याटिङ थालेको थाईल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनायो । जवाफमा नेपाली टोली १ बल बाँकी रहँदा ४० रनमा अलआउट भयो ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराउँदा युएईसँग १० विकेटले पराजित भएको थियो । नेपाल युएईसँग ८ रनमै अल आउट भएको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले पराजित गरेको थियो ।

६ देश सहभागी प्रतियोगितामा शीर्षस्थानमा रहने टोलीले पहिलो पटक आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ महिला टि२० विश्वकप खेल्न पाउनेछन् । युएईको सम्भावना उच्च छ । समान ४ खेलमा अपराजित रहेपनि नेटरनरेटको कारण युएई शीर्ष स्थानमा छ ।

नेपालले विहीबार आफ्नो अन्तिम खेल मलेसियासँग खेल्नेछ । बिहीबार नै युएई र थाईल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । लज्जास्पद अविश्वसनिय हार नबेहोरे युएई विश्वकपमा पुग्ने उच्च सम्भावना छ ।

अंक तालिका :

युएई ४ खेलमा ८ अंकका साथ नेटरनरेटको कारण शीर्षस्थानमा छ । थाईल्यान्ड ४ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल ४ खेलमा २ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा छ । मलेसिया ४ खेलमा २ मा जितका साथ चौथो स्थानमा छ । समान खेलका साथ कतार र भुटान अंक विहीन हुँदै पुछारमा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *