ह्वात्तै बढ्यो चन्द्रागिरि केबलकारको भाडा, दुई तर्फी टिकटको मूल्य ८ सय रूपैयाँ

Thankot Times

थानकोट ।

चन्द्रागिरि हिल्सले चन्द्रागिरि नगरपालिकामा सञ्चालन गरिरहेको केबलकारको भाडामा वृद्धि हुने भएको छ ।

साउन १ गतेबाट लागु हुने गरि कायम गरिएको नयाँ भाडादर अनुसार अब नेपाली नागरिकहरूले दुई तर्फी यात्रा गर्नका लागि ७९९ रूपैयाँ तिर्नुपर्नेछ । अहिले दुई तर्फी यात्रा गर्नका लागि ७०० रूपैयाँ तिर्नुपर्दछ ।

यस्तै, सोहि मितिबाट लागु हुने गरि दुई तर्फी टिकका लागि सार्क देशका आगन्तुकहरूले १२८० रूपैयाँ, चिनियाँ आगन्तुकले १५ अमेरिकी डलर तथा अन्य देशका आगन्तुकहरूले २२ अमेरिकी डलर तिर्नुपर्ने जनाइएको छ । हाल यो दर क्रमश ११२० रूपैयाँ, १५ र २२ अमेरिकी डलर रहेको छ ।

एक तर्फी यात्राका लागि  नयाँ भाडादर अनुसार अब नेपाली नागरिकहरूले  ४७५ रूपैयाँ तिर्नुपर्नेछ, अहिले सो का लागि ४१५ रूपैयाँ तिर्नुपर्दछ ।

हालको टिकटदर

२०७९ श्रावण १ बाट लागु हुने टिकट दर

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *