एसईई परीक्षा २०७८ः बलम्बु र मंगलोदय मा.वि. काठमाण्डाैका उत्कृष्ठ १५ विद्यालयभित्र पर्न सफल

Thankot Times

थानकोट ।

यस वर्षको सुरूमा लिइएको माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक भएसँगै यसका विभिन्न पाटोहरूमा बहस तथा छलफल भइरहेकाछन् । कोरोना भाइरस महामारीका कारण लगातार पछिल्ला दुई वर्ष भाैतिक उपस्थितिमा परीक्षा हुन सकेको थिएन ।

चन्द्रागिरि नगरपालिका क्षेत्रभित्रका ४७ वटा विद्यालयका १ हजार ६ सय १३ जना विद्यार्थीहरू गत बैशाख महिनामा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामेल भएका थिए । प्राप्त विवरणहरू अनुसार चन्द्रागिरि ५ स्थित रिब्स मा.वि.की छात्रा लुनिभा मानन्धरले ४.० जीपीए ल्याएकी छिन् । मानन्धर यसपटक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चन्द्रागिरि नगरबाट ४ जीपीए प्राप्त गर्ने एकमात्र विद्यार्थी हुन् । काठमाण्डाै जिल्लाबाट ८ विद्यालयका जम्मा १० विद्यार्थीले यस पटकको माध्यमिक शिक्षा परीक्षामा ४.० जीपीए प्राप्त गरेका छन् ।

रिब्स स्कुलकी लुनिभा चन्द्रागिरि नगरक्षेत्रबाट एसईईमा ४.० जीपीए ल्याउने एक्ली विद्यार्थी

सामुदायिक विद्यालयतर्फ औसतमा चन्द्रागिरि नगरका विद्यालयहरू बलम्बु मा.वि.ले २.९० जीपीए ल्याउँदा उसका ३ विद्यार्थीले ३.६१-४.०० जीपीए प्राप्त गरेका छन् भने मंगलोदय मा.वि. थानकोटले समग्रमा २.७१ ल्याउँदा उक्त विद्यालयका १ विद्यार्थीले ३.६१-४.०० जीपीए प्राप्त गरेका छन् ।

यस्तै  प्रभात मा.वि. थानकोटले समग्रमा २.२८ जीपीए ल्याउँदा उक्त विद्यालयका १ विद्यार्थीले ३.६१-४.०० जीपीए प्राप्त गरेका छन् । यस्तै चुनदेवी मा.वि. थानकोटले २.१२ जीपीए ल्याउँदा विष्णुदेवी मा.वि. तीनथानाले २.२१ जीपीए ल्याएको छ । जनकल्याण मा.वि. किसीपिडीले  १.९३ जीपीए ल्याउँदा मंगल मा.वि. नैकापले २.२८ जीपीए ल्याएको छ ।

यस्तै चण्डीकादेवी मा.वि. वाडभन्ज्याङले २.५४ जीपीए ल्याउँदा जनविकास मा.वि. मातातीर्थ ले २.५० प्राप्त गरेको छ । यस्तै कंकाली मा.वि. नैकापले २.४८ जीपीए ल्याउँदा विष्णुदेवी शिक्षा सदन मा.वि. सतुंगलले २.५३ जीपीए ल्याएको छ । विद्यामन्दिर मा.वि. नैकापले २.१७ जीपीए ल्याउँदा नारायणजन मा.वि. मच्छेगाउँले २.६२ जीपीए प्राप्त गरेको छ । श्रीकृष्ण मा.वि. दहचोकले २.५३ जीपीए ल्याउँदा चण्डी भैरव मा.वि. चिसापानीधारा ले  २.६४ जीपीए प्राप्त गरेको छ ।
काठमाण्डाै जिल्लाको समग्र नतिजा अनुसार बलम्बु मा.वि. उत्कृष्ठ विद्यालयको सूचीमा ९ नवाैं स्थानमा रहेको छ भने मंगलोदय मा.वि. तेह्राैं स्थानमा रहेको छ ।


One thought on “एसईई परीक्षा २०७८ः बलम्बु र मंगलोदय मा.वि. काठमाण्डाैका उत्कृष्ठ १५ विद्यालयभित्र पर्न सफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *