रिब्स स्कुलकी लुनिभा चन्द्रागिरि नगरक्षेत्रबाट एसईईमा ४.० जीपीए ल्याउने एक्ली विद्यार्थी

Thankot Times

थानकोट ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चन्द्रागिरि नगरपालिका-५ महादेवस्थानस्थित रिब्स माध्यमिक विद्यालयकी छात्रा लुनिभा मानन्धरले ४.० जीपीए प्राप्त गरेकी छिन् ।

चन्द्रागिरि नगरपालिका क्षेत्रभित्रका ४७ वटा विद्यालयका १ हजार ६ सय १३ जना विद्यार्थीहरू गत बैशाख महिनामा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामेल भएका थिए । प्राप्त विवरणहरू अनुसार मानन्धर यसपटक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चन्द्रागिरि नगरबाट ४ जीपीए प्राप्त गर्ने एकमात्र विद्यार्थी हुन् भने काठमाण्डाै जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४.० जीपीए प्राप्त गर्ने १० परीक्षार्थीहरू मध्येकी एक हुन् । रिब्स माविबाट यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ७५ जना परिक्षार्थी सामेल भएका थिए ।

एसईई परीक्षा २०७८ः बलम्बु र मंगलोदय मा.वि. काठमाण्डाैका उत्कृष्ठ १५ विद्यालयभित्र पर्न सफल

चन्द्रागिरि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कर्ण बहादुर भुवाजीका अनुसार चन्द्रागिरि नगर क्षेत्रभित्रका विद्यालयले एसइईमा प्राप्त गरेको नतिजाको विवरण संकलनको कार्य भइरहेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौका अनुसार यस पटकको एसईईमा काठमाण्डाैका १ हजार २१ विद्यालयका ३६,५७८ परीक्षार्थीहरू सामेल भएकामा  ८ विद्यालयका जम्मा १० परीक्षार्थीहरूले ४.० जीपीए प्राप्त गरेका छन् ।

काठमाण्डाै जिल्लामा २०७५ सालको माध्यामिक  शिक्षा परीक्षामा ४० दिद्यालयका जम्मा ५२ जना परीक्षार्थीहरूले जीपीए ४.० प्राप्त गरेकोमा २०७८ मा जम्मा ८ विद्यालयका १० विद्यार्थीले ४.० जीपीए प्राप्त गरेका छन् ।

रिब्स मा.वि.मा पहिलोपटक एसइई परीक्षा केन्द्र (फोटो फिचर)


Leave a Reply

Your email address will not be published. Required fields are marked *