कोरोना संक्रमणको दर घट्दै, डेंगीको बढ्दै
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार एक हजार ७२९ पीसीआर परीक्षणमा ४२ जना र दुई हजार १०० एन्टिजेन परीक्षणमा १२ जना गरी ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार १४४ जना रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन महिना यता २५ हजार ५ सय ४३ जनामा डेंगीको संक्रमण देखिएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै डेंगी सक्रमण बागमती प्रदेशमा देखिएको छ। बागमती प्रदेशमा मात्रै १९ हजार ९ सय १० (कूल संक्रमितको झन्डै ७८ प्रतिशत) जनामा संक्रमण देखिएको छ।
बागमतीपछि लुम्बिनी प्रदेशमा डेंगीका संक्रमित धेरै छन्। लुम्बिनीमा २ हजार ८ सय ८७ जनामा संक्रमण देखिएको छ। अरू प्रदेशमा भने संक्रमितको संख्या एक हजारभन्दा कम छ।














