त्रिभुवन विमानस्थलको ५ किलोमिटर भित्र ड्रोन उडाउन प्रतिबन्ध

Thankot Times

थानकोट ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५ किलोमिटर क्षेेत्र भित्र ड्रोन उडान प्रतिबन्ध लगाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन नउडाउन सूचित गरेको हो ।

यस्तो कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने विमानस्थल कार्यालयको भनाई छ । यस्ता गतिविधि नगर्न भन्दै कार्यालयले अटेर गरेमा कानूनअनुसार कडा कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ ।

ड्रोन उडान सम्बन्धी नियम २०२१ ले विमानस्थलको आसपास ड्रोन उडाउन बन्देज गरेपनि पछिल्लो समय अटेर गरी ड्रोन उडाइरहेको पाइएको कार्यालयको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *