के तपाँईले चन्द्रागिरि नगरपालिकाको मोबाइल एप्लीकेशन डाउनलोड गर्नुभयो ?

Thankot Times

थानकोट । 

मानव जीवन अनलाइनमा यति धेरै अभ्यस्त भइसक्यो कि हरेक साना-साना विवरणको लागि अनलाइनमै मानिसहरू निर्भर हुने गर्छन् । यस्तोमा तपाईंले आफ्नो स्थानीय निकायको विवरण पत्ता लगाउनुपर्यो भने के गर्नुहुन्छ ?

पक्कै पनि कसैलाई फोन गरेर सोध्नुहुन्छ अथवा आफ्नो मान्छे को छ भनि खोज्नुहुन्छ होला । तर सरकारले हरेक स्थानीय निकायको सामान्य विवरणहरू अनलाइन माध्यममा हुनै पर्ने व्यवस्था गरेको छ । धेरैलाई थाहा नहुन सक्छ आफ्नो स्थानिय निकायको पनि वेबसाइट छ भनेर र वास्तवमा वेबसाइट मात्र होइन तपाईंको स्थानिय निकायको मोबाइल एप पनि उपलब्ध छ ।

नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कसँगै स्थानिय निकायहरूलाई डिजिटल बनाउने क्रम जारी छ । सरकारले हरेक स्थानीय निकायका विवरणहरू डिजिटल प्लेटफर्ममा हुनुपर्ने, सबै सरकारी कार्यालयहरूको वेबसाइटको डिजाइन एउटै हुनुपर्ने, सम्बन्धित अधिकारीको नम्बर अनिवार्य खुलाएको हुनुपर्ने लगायतका नियमहरू बनाएको छ ।

यही नियम अन्तर्गत देशका ७५३ ओटै स्थानिय निकायको वेबसाइट उपलब्ध छ भने हाल सम्म ८१ ओटा स्थानीय निकायको मोबाइल एप पनि तयार भइसकेको छ । तर यी एपहरू एन्ड्रोइडको लागि मात्र उपलब्ध छ । 

आफ्नो स्थानीय निकायको मोबाइल एप छ कि छैन भनेर हेर्नको लागि आफ्नो प्ले स्टोरमा गएर पनि सर्च गर्न सकिन्छ । तर यसको लागि अर्को सजिलो उपाय भनेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा गएर पनि सर्च गर्न सकिन्छ । उपलब्ध स्थानीय निकायहरूको मोबाइल एप यो लिंकमा क्लिक गरेर पनि हेर्न सकिन्छ ।

यी मोबाइल एपमा सम्बन्धित स्थानीय निकायको पदाधिकारीहरूको विवरण, स्थानीय निकायबाट प्राप्त हुने सेवाहरूको विवरण, नयाँ भइरहेको काम अथवा सम्पन्न भइसकेको काम, कानुन, सम्पर्क नम्बर लगायतका विवरणहरू हेर्न सकिन्छ । हाललाई यी एपबाटै नै सेवा दिने व्यवस्था भने छैन् ।

यसको साथै आफ्नो स्थानीय निकायको वेबसाइट, सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर र इमेल आईडी थाहा पाउन यहाँ क्लिक गर्नु्होस् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *