पाँचौं नैकाप गाेल्डकप: दाेश्राे चरणका खेल असाेज २५ गतेबाट

Thankot Times

थानकोट ।

पश्चिम काठमाडौंकै प्रतिष्ठित फुटबल प्रतियोगिता नैकाप गाेल्डकपकाे पाँचौं संस्करण अन्तर्गत दाेश्राे चरणकाे खेल तालिका सार्वजनिक गरिएको छ । आयाेजक चन्द्रागिरि स्पाेर्ट्स क्लबले सार्वजनिक गरेकाे खेल तालिका अनुसार असाेज २५ गतेबाट प्रतियोगिताका अघिल्ला चरणका खेलहरु सुरु हुनेछन् ।

असाेज २५ गते प्रतियोगिताकाे दाेश्राे चरणकाे पहिलाे खेलमा तारकेश्वर युवा क्लब र ब्वाइज यूनियन क्लबबीच मध्यान्ह १२:३० बजे खेल हुनेछ भने साेहि दिन दिउँसो २:३० बजे ब्लुबेल एफ सी र बलम्बु स्पाेर्ट्सबीच खेल हुनेछ ।
प्रतियोगिताकाे फाइनल खेल कार्तिक ५ गतेका लागि तय गरिएको छ । विजेताले नगद पाँच लाख रुपैयाँ हात पार्नेछन् ।
२४ टाेलीले सहभागिता जनाएको प्रतियोगिताको दाेश्राे चरणका लागि १२ टाेली चयन भएका छन् ।

समुह ए बाट तारकेश्वर युथ क्लब, ब्वाइज युनियन क्लब, वाणस्थली युथ सोसाइटी विजयी भएका छन् ।

त्यस्तै समुह बी मा गणेशमान स्मृति फुटलस क्लब , कुर्दन फुटबल एकेडेमी र गुणकेशरी युथ क्लब विजयी भएका छन् ।

त्यस्तै समुह सी अन्तर्गत मध्यपुर जागरूक युवा क्लब, गोल्डस्टार युथ क्लब र क्लिन भीजन युनिटी क्लब विजयी भएका छन् भने समुह डी का ब्लुबेल एफसी, बलम्बु स्पोर्टस् क्लब र युथ हसनटारले जित हात पार्दै अघिल्लो चरणमा प्रवेश गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *