थानकोट क्षेत्रमा वर्षा जारी, तटीय क्षेत्रहरू डुबानमा

Thankot Times

थानकोट ।

काठमाडौँ उपत्यकामा आज दिनभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण दसैँमा टीका थाप्न मान्यजन कहाँ जाने तथा अन्य दैनिकीका लागि मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ ।

रातिदेखि काठमाडौँ उपत्यकामा पानी परिरहेको छ । उपत्यकामा गएको २४ घण्टामा २२ दशमलव ४ मिलिमिटर पानी परेको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज दिनभर पानी पर्नेछ ।

चन्द्रागिरि नगर क्षेत्रमा पनि वर्षा जारी छ । प्राप्त विवरणहरू अनुसार चन्द्रागिरि नगरपालिका १५ विष्णुदेवी मन्दिर क्षेत्र डुबानमा परेको छ । चन्द्रागिरि १२ बलम्बुका नदी किनारका क्षेत्रहरू पनि डुबानमा परेका छन् । त्यस्तै चन्द्रागिरि ११ सतुंगलका केही क्षेत्रपनि डुबानमा परेको वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो । चन्द्रागिरि ४ टेकानपुरमा पनि वर्षातले क्षति पुर्याएको वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।

चन्द्रागिरि १० सतुंगलस्थित विष्णुदेवी मन्दिर नजिकैको एक उद्योगको भाैतिक संरचनामा क्षति पुगेको वडाध्यक्ष शिवकुमार महर्जनले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *