यू-१७ एसियन कप छनोटमा नेपालले घरेलु टोली भियतनामको सामना गर्दै

Thankot Times

थानकोट । 

एएफसी यू-१७ एसियन कप छनोटको दोस्रो खेलमा आज नेपालले आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपाल र भियतनामबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ ।

फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल पहिलो जितको खोजीमा हुनेछ । बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।

भियतनाम भने लगातार दोस्रो जितको योजनामा हुनेछ । पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४-० ले हराएको थियो । समूह ‘एफ’ मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।

भियतनाम ३ अंक जोडेर शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *