थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Thankot Times

थानकोट । 

नेपाल थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१ हजार १५० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १० तथा एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप १५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६६ हजार १६ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ