थप १५ जनामा कोरोना संक्रमण पुष्टि
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
एक हजार ९८५ वटा स्वाब नमुनाको परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा देशभर ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।














