मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा

Thankot Times

थानकोट। 

सरकारले मंसिर २ देखि ५ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विद्यालयलाई भने दुई गतेदेखि नै बिदा दिइने सूचनामा उल्लेख छ ।

अधिकांश मतदानस्थल विद्यालयमा भएकाले पूर्वतयारीका लागि पनि दुई दिनअघि नै सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव आयोगले गरेको थियो । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले मतदानको दिन मात्र बिदा दिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *