सरस्वती बहुमुखी क्याम्पसमा स्नातक तहमा पत्रकारिता पढाइ हुने

Thankot Times

थानकोट ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्‍याम्पस सरस्वती बहुमुखी क्याम्पसले यो शैक्षिक सत्रदेखि चार वर्षे स्नातक तहमा पत्रकारिता विषयको पढाइ सुरू गर्ने भएको छ ।

पत्रकारिता विषयको अध्ययनमा विद्यार्थीहरुको आकर्षण बढेको र उक्त भेगका विद्यार्थीसमेत पत्रकारिता अध्ययनका लागि टाढा जानुपर्ने भएको औल्‍याउँदै  क्याम्पसले भर्ना सुरु गरेको क्याम्पस प्रमुख डा.डोलमान गुरुङले बताए ।

क्याम्पस प्रमुख गुरुङका अनुसार अहिले पनि बजारमा पत्रकारिता तथा आमसञ्चार विषयको माग बढेकोले स्नातक तहमा पत्रकारिता विषयको पढाइ सुरू गरिएको हो ।

सही पत्रकारिताले मात्र समाजलाई सही बाटोमा लैजान सक्ने उनको बुझाइ छ ।

उनले भने, ‘पत्रकारिता विषय सैद्धान्तिक मात्र नभइ व्‍यवहारिक ज्ञान, सिपसँग जोडिएको छ । बजारको माग अनुसारको जनशक्ति उत्पादन गरी ‘क्लासरूम’लाई ‘न्युजरुम’सँग जोडिनेछ ।’

अनलाइनखबरबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *