नेपालमा थप ४ जना कोभिड-१९ संक्रमित थपिए
थानकोट ।
नेपालमा थप ४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।
यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९११ पुगेको छ ।
नेपालमा बिहिबारसम्म सक्रिय संक्रमितको संख्या १५ रहेको छ ।














