थप एक जनामा कोरोना संक्रमण पुष्टि
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या १ जना रहेको छ । हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार २ सय ५० जना पुगेको छ ।
हालसम्म कोरोना भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १५ जना रहेको छ।














