शीतलहरबाट कुनै नागरिकले क्षति व्यहोर्नु नपरोस्: गृहमन्त्री लामिछाने

Thankot Times

थानकोट ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सोमबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका अधिकारीहरुलाई १७ बुँदे निर्देशन दिएका छन्।

सोमबार सबै जिल्लाका सीडीओ र सुरक्षा समितिका अधिकारीहरुसँगको भर्चुअल अन्तर्क्रियामा गृहमन्त्री लामिछानेले आम नागरिकमा सरकार प्रतिको विश्वास आर्जन गर्नेगरी काम गर्न निर्देशन दिएका छन्।

उनले शीतलहरबाट कोही पनि नागरिकले क्षति व्यहोर्न नपर्ने गरी आवश्यक पूर्व तयारी गर्न निर्देशन दिएका छन्। ‘शीतलहरबाट कुनै नागरिकले क्षति बेहोर्नु नपरोस् भन्ने विषयलाई हृदयङ्गम गरी आवश्यक पूर्व तयारी एवं प्रतिकार्यका लागि तयार हौं।’ उनले  भनेका छन्।rabi


Leave a Reply

Your email address will not be published. Required fields are marked *