निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिका- २  मैत्रीनगरस्थित इशानेश्वर शिव मन्दिरको प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

रोटरी क्लब अफ कीर्तिपुरको आयोजना तथा   रोटरयाक्ट क्लब अफ कीर्तिपुर, प्राइम हेल्थ हब, कीर्तिपुर आँखा अस्पताल, कीर्तिपुर नगरपालिका, नेवा एफएम्,   लगायत विभिन्न संघ संस्थाको सहकार्यमा अहिलेसम्मकै बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको  अध्यक्षता रोटरी क्लबका अध्यक्ष पुष्पराज अधिकारीले  गरेका थिए।

शिविरमा  प्रेसर , सुगर, नाक कान घाँटी , छाला रोग, दन्त परीक्षण , पोषण परामर्श, आँखा जाँच  तथा मोतीविन्दु, स्त्री रोग तथा  पाठेघरको क्यान्सर जाँच सेवा   निःशुल्क प्रदान गरिएको थियो।।

शिविरमा ४६६ जना भन्दा धेरैले सेवा लिएका छन्। १३७ जनाको  आँखा परीक्षण गर्दा १२ जनामा मोतिबिन्दु देखिएको र उनीनीहरूको किर्तिपुर आँखा अस्पतालमा रोटरी क्लबको सहकार्यमा  निःशुल्क आँखा  अप्रेशन गर्नै व्यवस्था गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *