राष्ट्रिय सभा उपनिर्वाचनः कांग्रेसबाट माधवप्रसाद आचार्य उम्मेदवार

Thankot Times

थानकोट ।

लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिने भएका छन् ।

आज बिहानमात्र कांग्रेसले आचार्यको नाम टुंगो लगाएको हो । उनी रोल्पाका पूर्व सभापति हुन् ।

उनले आज बुधबार प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर मनोनयन दर्ता गर्ने भएका छन् । नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले आज दिउँसो १ देखि २ बजेभित्र मनोनयन दर्ता गर्ने तालिका रहेको बताए ।

यता  सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिने भएका छन् ।

राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो । उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७  र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *