श्रीपञ्चमीका अवसरमा मंगलोदय माविको बाल विकास कक्षामा नाम दर्ता गर्न भीड

Thankot Times

थानकोट ।

आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा । यस दिन विद्याकी देवी सरस्वतीको महिमा गाउँदै विद्यार्थी, संगीत साधक, साहित्यकार, कलाकार, पत्रकार र शिक्षकहरूले आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

आजको दिन बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने चलन भएकाले अभिभावकहरु बालबालिकालाई लिएर मन्दिर पुगेका छन् । बालबालिकाले मन्दिरका भित्ता र वरपर चकले लेखेर अक्षरारम्भ गरेका छन् ।

आजकाे दिन विद्यालय र कलेजहरुमा सरस्वतीको पूजा गर्ने प्रचलन पनि छ भने बाल विकास कक्षामा नयाँ भर्नाका लागि विद्यालयहरूमा भीड लागेको छ ।

यसैबीच चन्द्रागिरि नगरपालिका-३ थानकोटस्थित मंगलोदय माविमा आज बाल विकास कक्षामा नाम दर्ता गर्न अभिभावकहरूको भीड लागेको छ । विद्यालयका प्रधानाध्यापक कविन्द्र गोपालीका अनुसार अपरान्ह २ बजेसम्म ६५ जना विद्यार्थीहरूले बाल विकास कक्षामा नयाँ भर्नाका लागि नाम दर्ता गराएका छन् ।

अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने सो विद्यालयको कक्षा १० सम्म हाल १ हजार ५ सय ४२ जना विद्यार्थीहरू अध्ययनरत छन् । सो विद्यालयमा भर्ना हुनका लागि कक्षा ६ देखी १० सम्म विद्यालयले प्रवेश परीक्षा लिने गरेको छ ।

एसईई परीक्षा २०७८मा मंगलोदय मा.वि. काठमाण्डाैका उत्कृष्ठ १५ विद्यालयभित्र पर्न सफल भएको थियो ।

एसईई परीक्षा २०७८ः बलम्बु र मंगलोदय मा.वि. काठमाण्डाैका उत्कृष्ठ १५ विद्यालयभित्र पर्न सफल


Leave a Reply

Your email address will not be published. Required fields are marked *