मिनरल वाटर उत्पादन गर्ने कम्पनीसँग डेढ लाख घुस लिँदै गर्दा खाद्य प्रविधिका इन्जिनियर समातिए

Thankot Times

थानकोट ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका इन्जिनियरलाई अख्तियारले नियन्त्रणमा लिएको छ । आठौं तहमा कार्यरत इन्जिनियर योगन्द्र ढुंगेललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता (सह–सचिव) श्यामप्रसाद भण्डारीले बताए ।

आयोगबाट खटिएको टोलीले उनलाई १ लाख ५० हजार घुससहित नियन्त्रणमा लिएको छ । विभागको मुख्य कार्यालय बबरमहलमा कार्यरत ढुंगेलले मिनरल वाटर उत्पादन गर्ने कम्पनीका लागि अनुज्ञा पत्र लिन गएका व्यवसायीसँग घुस मागेका थिए । घुस लिएर कार्यालयबाट निस्किने क्रममा उनि पक्राउ परेका हुन् । 

झापाको दमक घर भएका ढुंगेल भक्तपुरको बालकोट बस्दै आएका छन् । आरोपीबारे अनुसन्धान भइरहेको सह–सचिव भण्डारीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *