काठमाडाैं शिक्षा क्याम्पस सञ्चालक समितिको अध्यक्षमा प्रा.डा.माधव भट्टराई चयन

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका १० सतुंगलस्थित काठमाडाैं शिक्षा क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदमा आगामी चार वर्षका लागि प्राध्यापक डाक्टर माधव भट्टराई चयन हुनु भएको छ ।

गत पाैष ३० गते सम्पन्न क्याम्पस अधिवेशन सभाबाट अनुमोदित क्याम्पस सञ्चालक समितिका सदस्यहरूको शनिबार सम्पन्न बैठकले प्रा.डा. भट्टराईलाई क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ताले जानकारी दिनुभयो । प्रा.डा. भट्टराई क्याम्पसको निवर्तमान सञ्चालक समितिको अध्यक्ष हुनुहुन्थ्यो ।

त्यस्तै, बैठकबाट क्याम्पस सञ्चालक समितिको उपाध्यक्षमा प्रा. डा. हेमाङ्गराज अधिकारी चयन हुनुभएको छ । क्याम्पसको सञ्चालक समिति सदस्यमा प्रा.डा. प्रेमनारायण अर्याल, हरि विनोद अधिकारी, प्रा.डा. वासुदेव काफ्ले, गाैरी प्रसाद दवाडी, चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरी, चन्द्रागिरि १० का वडाध्यक्ष शिवकुमार महर्जन, चन्द्रागिरि १५ का वडाध्यक्ष घनश्याम लुँइटेल, डा. कान्ता भट्टराई, डा. कुस्मिता आचार्य चयन हुनुभएको छ । यसगरि राजेन्द्र विक्रम बानियाँ, बसन्त कुमार बराल तथा त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि क्याम्पस सञ्चालक समिति सदस्यमा चयन हुनुभएको छ । क्याम्पस सञ्चालक समितिमा १५ जना पदाधिकारी रहने व्यवस्था छ ।

काठमाडाैं शिक्षा क्याम्पस हातामा बन्ने भयो सरस्वती मन्दिर

त्यस्तै, क्याम्पस सञ्चालक समितिको बैठकले बागमती प्रदेश सभा सदस्य रमा आले मगर, मुकुन्द प्रसाद घिमिरे र देवेन्द्र प्रधानलाई आमन्त्रित सदस्यमा चयन गरेको छ। क्याम्पस प्रमुख सञ्चालक समितिको सदस्य सचिव रहने सो क्याम्पस विधानमा व्यवस्था छ ।

यसैगरि बैठकले चन्द्रागिरि नगरपालिका १० सतुंगलका वडा अध्यक्ष शिवकुमार महर्जनको संयोजकत्वमा विद्यार्थी एंवम् विविध समस्या समाधान समिति गठन गरेको छ। सो समितिको सदस्यमा चन्द्रागिरि १५ का वडाध्यक्ष घनश्याम लुँइटेल तथा सहायक क्याम्पस प्रमुख बसन्त कुमार बराल रहनुभएको बताइएको छ ।

बैठकका क्रममा क्याम्पसद्वारा प्रकाशित शिक्षा शास्त्र साैरभको २२ औं अङ्क विमोचन गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *