काठमाडाैं शिक्षा क्याम्पस हातामा बन्ने भयो सरस्वती मन्दिर

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१० सतुंगलस्थित काठमाडाैं शिक्षा क्याम्पस हातामा विद्याकी देवी सरस्वतीको मन्दिर निर्माण हुने भएको छ ।

बिहीबार सरस्वती पूजाका अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं. १० का वडाध्यक्ष शिवकुमार महर्जनले करिब १२ लाख रूपैयाँ लागतमा निर्माण हुने मन्दिरको शिलान्याश गर्नुभएको हो । सो क्रममा क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष एवंम् संस्थापक सदस्य प्राध्यापक डाक्टर माधव भट्टराई, क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

सो मन्दिर निर्माणका लागि चन्द्रागिरि नगरपालिका वडा नं. १० को कार्यालयले १० लाख रूपैयाँ उपलब्ध गराउनेछ भने बाँकी रकम क्याम्पसले व्यहोर्ने क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ताले जानकारी दिनुभयो । मन्दिर चैत्र मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको वडाध्यक्ष महर्जनले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *