मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७ प्रतिशतमात्रै पास

Thankot Times

थानकोट । 

नेपाल मेडिकल काउन्सिलले लिएको एमबीबीएस/बिडिएसको लाइसेन्स परीक्षामा ४७ प्रतिशतमात्रै पास भएका छन् ।

काउन्सिलले १२ देखि १५ माघसम्म लिएको लाइसेन्स परीक्षामा ४७ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

काउन्सिलले लिएको परीक्षाका लागि २३२२ जनाले आवेदन दिएका थिए । जसमध्ये २३११ जना परीक्षामा सहभागी भएका थिए । जसमध्ये १०९१ जना लाइसेन्स परीक्षा उत्तीर्ण भएका छन् भने १२२० जना अनुत्तीर्ण भएका छन् । पासमा एमबीबीएसतर्फ १८३२ परीक्षार्थीमध्ये ८६३ जना पास भएका छन् ।

त्यसैगरी डेन्टलतर्फ ४७९ जना सहभागीमध्ये २२८ जना पास भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *