आत्मदाह गर्ने पुरुषलाई बचाउन गएकी महिलाको उपचारका क्रममा मृत्यु

Thankot Times

थानकोट । 

आत्मदाह गर्ने पुरुषलाई बचाउन जाँदा घाइते भएकी पोखरा-१३ की संगीता सापकोटाको निधन भएको छ । 

३५ वर्षीय उनको गएराति उपचारकै क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । आफ्नै शरीरमा आगो लगाउने ४५ वर्षीय कृष्ण क्षेत्री घाइते छन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । खुट्टा, हात र अनुहार जलेका उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । 

मृतक संगीता कृष्णको घरबेटी हुन् । बचाउन गएकी भनिएकी संगीताको शरीर बढी जलेपछि घटना झनै रहस्यमय बनेको छ । घटनाको सुरुवात, आगो कसले र कसरी लगायो भन्ने विषयमा फरक-फरक कोणबाट प्रहरीले अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *