थप एक जनामा कोरोना संक्रमण पुष्टि
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभर कोभिड-१९ का एक संक्रमित थपिएका छन् ।
२ सय ३२ वटा स्वाब नमुनाको परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा देशभर दुईजना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।














