डा.भगवान कोइरालाको फोटो राखेर प्रचार गर्नेमाथि अनुसन्धान हुँदै
थानकोट ।
आफ्नो सहमति बिना डाक्टर भगवान कोइरालाको फोटो राखेर उपचार सामग्रीको विज्ञापन गर्नेलाई कारबाही हुने भएको छ ।
आफ्नो सहमित बिना फोटो दुरुपयोग गर्नेमाथि प्रहरीले अनुसन्धान गरिरहेको डा. कोइरालाले जानकारी दिनुभएको छ ।
छाला रोग निको हुने भनिएको एउटा कम्पनीको औषधीमा डा.कोइरालाको फोटो राखी प्रचार गरिएको थियो ।
त्यस्तो विज्ञापनमा डा.कोइरालाको फोटो देखेपछि धेरैले अचम्म मानेका थिए ।्र
डा.कोइरालाले यसमा फोटो राख्न आफ्नो कुनैपनि अनुमति नलिएको बताउनुभएको छ । त्यस्ता सामग्रीको प्रचारमा फोटो राख्ने कुरै नभएको स्पष्ट पार्नुभएको छ।














