चिकित्सक कुट्ने प्रहरी निलम्बनमा

Thankot Times

थानकोट । 

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकलाई कुट्ने प्रहरी निलम्बनमा परेका छन् । प्रहरीले घटनामा संलग्न प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो ।

प्रहरीवृत्त जनसेवामा कार्यरत गुरुङले ड्युटीका क्रममा गैरव्यावसायिक कार्य गरेको भन्दै प्रहरीले निलम्बन गरेको हो । राष्ट्रपतिको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह नयाँ बानेश्वर चोकमा शुक्रबार कुटिएका थिए ।

‘चिकित्सक एवं सुरक्षाकर्मीबीच अन्योन्याश्रित सम्बन्ध स्थापित भई नागरिकको सुरक्षा र उपचारमा चौबिसै घन्टा खटिने दुई जिम्मेवार संस्थाको सम्बन्धमा व्यक्तिको गैरव्यावसायिक कार्यका कारण समस्या उत्पन्न हुनु दुःखद विषय भएकाले संलग्न प्रहरी कर्मचारीलाई व्यावसायिकता, उत्तरदायित्व एवं जवाफदेहिताको कसीमा कारबाहीको प्रक्रिया सुरु भई निलम्बन गरिसकिएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको पत्रमा उल्लेख छ ।

चिकित्सक कुटिएको विषयलाई लिएर सामाजिक सञ्जालदेखि सडकसम्म विरोध भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *