प्राथमिक अस्पताल थानकोटसहित ३ सय ४७ अस्पताललाई स्वास्थ्य बीमा बोर्डले दियो १ अर्ब ६३ करोड
थानकोट ।
स्वास्थ्य बीमा बोर्डले एक महिनामै थप १ अर्ब ६३ करोड रुपैयाँ बीमा भुक्तानी गरेको छ ।
यो वर्षको छैटौं दाबी भुक्तानी गरिएको बोर्डले जनाएको छ ।
बोर्डले देशभरका ३४७ अस्पताललाई १ अर्ब ६३ करोड ६४ लाख ३० हजार ९ सय ५१ रुपैयाँ भुक्तानी गरिएको जनाएको छ ।
बोर्डले सेवा रोके पनि रकम बक्यौता रहेका अस्पतालको पनि भुक्तानी गरेको छ । बोर्डले अघिल्लो पाँचौ दाबी भुक्तानीमा मात्रै १ अर्ब ३२ करोड रुपैयाँ भन्दा बढी रकम पठाएको थियो ।
बीमा बोर्डले चन्द्रागिरि नगरपालिका प्राथमिक अस्पतालका लागि बीमा भुक्तानी बापत तीन लाख नाै हजार सात सय बत्तीस रूपैयाँ पठाएको छ ।














