बिहान त झलमल्ल घाम लागिरहेको छ दिउँसो कस्ताे हाेला माैसम ?

Thankot Times

थानकोट ।

नेपालमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

कोशी र गण्डकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *