मिटरब्याज पीडितलाई भेट्ने प्रधानमन्त्रीको तयारी

Thankot Times

थानकोट । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मिटरब्याज पीडितलाई भेट्ने तयारी गरेका छन् ।

मागका विषय बुझ्न चार सदस्यीय समिति गठन गरिएको छ ।  सो समितिले पीडितलाई भेटेपछि प्रधानमन्त्रीले भेट्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । 

समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन् । 

आजै  बस्ने मन्त्रिपरिषद्को बैठकबाट मिटर ब्याज पीडितको माग सम्बोधन गर्ने गरी तयार भएको विधेयकलाई संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने प्रधानमन्त्रीको तयारी छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ