सेताे मच्छिन्द्रनाथकाे रथ यात्रा सुरु हुने दिन आज काठमाडौंकाे माैसम कस्ताे रहला ?

Thankot Times

थानकोट ।

देशको पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । विभागले देशका पहाडी भू–भागका एकदुई स्थानमा  मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

काठमाडौंमा आज मौसम बदली हुनेछ । अपराह्न ४ बजेपछि काठमाडौंका केही ठाउँमा वर्षाको सम्भावना रहेको छ । “काठमाडौंमा ४ बजेपछि केही ठाउँमा वर्षाको सम्भावना रहेको छ,” मौसमविद् बरुण पौडेलले भने, “काठमाडौंका पनि सबै ठाउँ हैन केही भागमा केही समय खण्ड वृष्टिको सम्भावना छ ।”

विभागका अनुसार आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

हाल नेपालमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *