आज चैते दशैं, देवी भगवतीको पूजा गरेर मनाइँदै

Thankot Times

थानकोट ।

आज हिन्दु धर्मावलम्बीहरूले चैते दशैं मनाउँदैछन् । वसन्तीय नवरात्रको आठौं दिन शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ।

 

चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्।

 

यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ। चैतेदशैँका अवसरमा  देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ।

 

काठमाडौंमा गुह्येश्वरी, भद्रकाली, शोभाभगवती, नक्सालभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती,  गोरखामा मनकामना, बाँकेमा बागेश्लवरीगायत शक्त्तिपीठमा बिहानैदेखि घुइँचो लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ