बागमती प्रदेशमा मन्त्रालयको भागबन्डा मिलाउन कार्यदलको बैठक बस्दै

Thankot Times

थानकोट । 

 बागमती प्रदेशको मन्त्रालयको भागबन्डा मिलाउन आज कार्यदलको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे बानेश्वरमा बस्ने तय भएको छ । 

भागबन्डाको विषय मिलाउन समस्या देखिएपछि सङ्घीय सरकारको पूर्णता पछि बागमती प्रदेशको सत्ता भागबन्डाको अन्तिम निर्णय लिने तयारी गरिएको भए पनि मंगलबार गठबन्धनका २ वटा दलले मन्त्रालय भागबन्डाको विषय मिलाउन कार्यदल गठन गरेका थिए । 

प्रदेशको सबैभन्दा ठुलो दल कांग्रेस र माओवादी केन्द्रको काठमाडौँमा बसको बैठकले मन्त्रालयको भागबन्डा मिलाउन कार्यदल बनाएको थियो । बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा र मुख्यमन्त्री जम्कट्टेलले भागबन्डा मिलाउन कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले प्रदेशको भागबन्डा मिलाउने गरि अधिकार प्रदान गरिएको छ ।

कार्यदलको नेतृत्व कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले गरेका छन् भने ७ सदस्यीय कार्यदलमा कांग्रेसबाट ३ माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबाट १-१ जना सदस्य रहेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *