१६औँ पटक मन्त्री बन्दै शरतसिंह भण्डारी

Thankot Times

थानकोट । 

लोकतान्त्रिक समाजवादी पार्टी लाेसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् ।

महाेत्तरी-२ बाट निर्वाचित उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने लगभग पक्का भएकाे लाेसपा स्राेतले जानकारी दिएकाे छ । 

प्रधानमन्त्री षुष्पकमल दाहाल प्रचण्डले आजै साँझ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

नयाँ मन्त्रीहरूकाे शपथ पनि आजै हुने भनिएकाे छ । 

२०४३ सालमा पहिलाेपटक सहायक मन्त्री बनेका भण्डारी त्यसयता १५ पटक मन्त्री बनिसकेका छन् । यसपटक प्रचण्ड सरकारमा मन्त्री बने उनी १६औँ पटक मन्त्री बन्ने नेता बन्नेछन् । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *