मध्य चैत्रमा चन्द्रागिरि डाँडामा पर्यो हिउँ (फोटो फिचर) !

Thankot Times

थानकोट ।

चन्द्रागिरि डाँडामा शनिबार मध्यान्ह हल्का हिमपात भएको छ । पानी परेसँगै चन्द्रागिरि डाँडास्थित भालेश्वर महादेव मन्दिर वरपर हिउँ परेको हो जुन केहि समयमै पग्लिएको थियो ।

यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ पहिलोपटक परेको हो ।

यसअघिका वर्षमा माघ-फागुन नै चन्द्रागिरिमा हिमपात हुने गरेको भए पनि यसपटक भने मध्य चैतमा हिमपात भएको छ ।

सबै तस्बिरः चन्द्रागिरि हिल्स 


Leave a Reply

Your email address will not be published. Required fields are marked *