काठमाडाैं उपत्यकाका स्थानीय तहमा कार्यरत आन्तरिक लेखापरीक्षकहरुले गठन गरे आलेप समाज

Thankot Times

थानकोट । 

काठमाडाैं उपत्यकाका तीन जिल्लाका स्थानीय तहहरूमा कार्यरत आन्तरिक लेखापरीक्षकहरुले आन्तरिक लेखा परीक्षक समाज गठन गरेका छन् ।

सोमबार होटेल सिटी गाउँ भक्तपुरमा सम्पन्न भेलाबाट नागार्जुन नगरपालिकाका आलेप अधिकृत प्रेम बहादुर गिरीको संयोजकत्वमा आलेप समाज, नेपाल गठन गर्ने निर्णय गरेको हो । 

स्थानीय तहहरूको आन्तरिक लेखा परीक्षणमा एकरूपता कायम गर्ने र पेशागत समस्या समाधान गर्न सहजीकरण गर्ने उद्देश्यका साथ यो समाज गठन गरिएको नव गठित तदर्थ समितिका सदस्य एवं चन्द्रागिरि नगरपालिकाका आलेप अधिकृत यादव सिंह पेलाले जानकारी दिए । 

भेलामा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, टोखा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका, चाँगुनारायण नगरपालिका, सूर्य विनायक नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर ठिमी नगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, बागमती गाउँपालिका, महाकाल गाउँपालिका र क्योन्ज्योसोम गाउँपालिकामा कार्यरत आन्तरिक लेखापरीक्षकहरुको उपस्थिति रहेको थियो । 

उक्त भेलाबाट संस्थाको विधान निर्माण गरी वैधानिक रूपमा संस्था दर्ता गर्ने र संस्थाका क्रियाकलाप सञ्चालन गर्न नौ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

जसमा नागार्जुन नगरपालिकाका आलेप अधिकृत प्रेम बहादुर गिरी संयोजक, ललितपुर महानगरपालिकाका नकुल गौतम सदस्य, महालक्ष्मी नगरपालिकाका ईश्वरी पाण्डे सदस्य, काठमाडौँ महानगरपालिकाका सविना किवाछे सदस्य, दक्षिणकाली नगरपालिकाका सुदिप आचार्य सदस्य, शंखरापुर नगरपालिकाका सिर्जना सेन सदस्य, महाकाल गाउँपालिका पपिर गौतम सदस्य, चाँगुनारायण नगरपालिकाका दामोदर भण्डारी सदस्य र चन्द्रागिरि नगरपालिकाका यादव सिंह पेला सदस्य रहेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *