बिहान चहकिलो घाम, कस्तो रहला आज दिनभरको माैसम ?

Thankot Times

थानकोट । 

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

मंगलबार पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागको मौसम सामान्यतया सफा रहने छ। 

गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *